महालक्ष्मी लाइफ र लुम्बिनी विकास बैंकले मागे कर्मचारी, व्यवस्थापनमा स्नातकलाई पनि अवसर

Advertisement

काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्स र लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेका छन् ।

महालक्ष्मी लाइफले सातै प्रादेशिक कार्यालयका लागि १४ जना र काठमाडौँ उपत्यकाभित्र शाखा कार्यालयका लागि १२ जना र कर्पोरेट अफिसका लागि १० जना गरी कूल ३६ जना म्यानेजमेन्ट ट्रेनी माग गरेको हो ।

एमबीए वा एमबीएस उत्तीर्ण ३० वर्ष भन्दा कम उमेर भएका इच्छुक व्यक्तिहरुले फागुन २१ गतेसम्म इमेल मार्फत आवेदन दिन सक्ने महालक्ष्मी लाइफले बुधबार सूचना प्रकाशित गरी जनाएको छ ।

यसैगरी लुम्बिनी विकास बैकले सातै प्रदेशका लागि केही संख्यामा ब्रान्च म्यानेजर, केही संख्यामा असिस्टेन्ट ब्रान्च म्यानेजर र केही संख्यामा जुनियर अफिसर पदमा कर्मचारी माग गरेको छ ।

म्यानेजरका लागि ब्यवस्थापनमा स्नातकोत्तर गरेका ४० वर्ष भन्दा कम उमेर भएका र असिस्टेन्ट म्यानेर तथा जुनियर अफिसरका लागि स्नातक उत्तीर्ण गरेका ३५ वर्ष भन्दा कम उमेरका इच्छुक व्यक्तिहरुले आवेदन दिन सक्नेछन् ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले फागुन २८ गतेसम्म इमेल मार्फत आवेदन दिन सक्ने बैंकद्वारा बुधबार प्रकाशित सूचनामा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement