अपि पावरको एजीएम चैत ७ गते, हकप्रद शेयर निष्काशनका लागि स्वीकृति प्रदान गर्ने

Advertisement

काठमाडौँ । अपि पावर कम्पनीको १६औँ वार्षिक साधारण सभा(एजीएम) चैत ७ गते हुने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे कार्की ब्याङ्क्वेट माइतिघर काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार आव २०७५/७६ को नाफाबाट ५ प्रतिशत बोनस शेयर पारित गर्नेछ । आव २०७४/७५ को चुक्ता पूँजी ११९.०७ करोडको १ शेयर बराबर ०.४६७६५ शेयरका दरले जम्मा ५६.७ करोडको हकप्रद निष्काशन गर्ने स्वीकृति भएको जानकारी गराइने छ ।

त्यसैगरी आव २०७५/७६ को प्रतिशत बोनस शेयर तथा रु. ५६.७ करोडको हकप्रद निष्काशनपछि कायम हुने चुक्ता पूँजी १८१.७२३५ करोडको १ शेयर बराबर ०.९०९६ का दरले हुन आउने १६५.३ करोड बराबरको हकप्रद शेयर निष्काशनका लागि स्वीकृति प्रदान गर्नेछ ।

प्रस्तावित हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकम कम्पनीले निर्माण गरिरहेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा थप लगानी गर्ने कम्पनी सचिव सिर्जना दंगालले बताइन् ।

साथै साधारण सभाले कम्पनीका शेयरधनीहरुबाट ५ जना सञ्चालकको निर्वाचन गर्नेछ । साधारण सभा प्रयोजनका लागि चैत १ गतेदेखि ७ गतेसम्म शेयर दर्ता किताब बन्द(बुक क्लोज) गर्ने निर्णय समेत भएको कम्पनी सचिव दंगालले बताइन् ।

Advertisement

Advertisement

Advertisement