सेयर बजारमा उत्साहजनक सुधार जारी, साधारण लगानीकर्ता उत्साहितसँगै सशंकित पनि

Advertisement

काठमाडौं । सेयर बजारमा पछिल्ला दिनमा देखिएको अस्वाभाविक ढंगलेका उच्च वृद्धिदर बिहीबार पनि कायम रह्यो । आज सेयर बजार परिसुचक नेप्से ३६ अंकले बढेर एक हजार ६३२ कायम भएको छ भने चार अर्ब ४६ करोड रुपियाँको नयाँ रेडर्क कायम भएको छ ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उसको २८ करोड ९२ लाख रुपियाँको कारोबार भयो भने दोस्रोमा एमआईसी एसिया बैंकको २० करोड ५९ लाख रुपियाँको कारोबार भयो । एभरेष्ट बैंकका लगानीकर्ताले आज सबैभन्दा धेरै नाफा कमाएका छन् । यसको सेयरमा आज सर्भिट ब्रेक लागेको छ । त्यस्तै, नेपाल एसबीआई बैंक, हिमालयन बैंक र नविलका लगानीकर्ताले पनि आज राम्रो आम्दानी गर्न सफल भएका छन् । घाटा धेरै खानेमा न्यादी ग्रुप पावर कम्पनीका लगानीकर्ता अगाडि छन् । त्यस्तै, साल्ट ट्रेडिङ कम्पनीको सेयर १५५ रुपियाँले घटेको छ ।

समूहतर्फ हेर्दा आज बाणिज्य बैंक समूहमा निकै उत्साहजनक सुधार देखियो । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको यो समूहको सुचक छ दशमलव १४ अंकले बढ्दा नेप्स उचालिन पुगेको हो । अधिकांश समूहका सुचकहरु घट्दा बाणिज्य बैंकहरुको सेयरमा सुधार आउनु सकारात्मक देखिन्छ । बाणिज्य बैकको सेयरहरु लामो समयदेखि वास्तविक मूल्यभन्दा कममा कारोबार हुँदै आएको लगानी विश्लेषकहरुको भनाई रहँदै आएको थियो ।

आज विकास बैंक समूहको सुचक एक दशमलव ९१ अंकले बढेको छ भने उत्पादनमूलक समूहमा सामान्य सुधार देखिएको छ । बाँकी सबै ओरालो लागेका छन् । व्यापार समूहको सुचक चार दशमलव ८८ अंकले बटेको छ ।

सेयर बजारमा देखिएको अस्वाभाविक खालको वृद्धिदरले धेरै लगानीकर्ताहरुको मुहारमा मुखी देखिए पनि विशेषगरी सर्वसाधारण लगानीकर्ताहरु सशंकित देखिन्छन् । खास कारण बिना नै अस्वाभाविकरुपमा घटबढ हुने नेपालको सेयर बजारका कारण धेरै लगानीकर्ताहरु पीडित हुँदै आएका छन् । पछिल्लो समय सेयर बजारमा भइरहेको वृद्धिको पछाडि कुनै तर्कसंगत कारण देखिन्न ।

Advertisement

Advertisement

Advertisement