नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा चैत २१ गते, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनीको ७१ औँ वार्षिक साधारण सभा चैत २१ गते हुने भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे एयरपोर्ट होटल सिनामंगलमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभा प्रयोजनका लागि चैत ४ गतेदेखि २१ गतेसम्म कम्पनीको शेयर दाखिला खारेज बन्द(बुक क्लोज) गर्ने निर्णय भएको कम्पनी सचिव चन्द्रनाथ उप्रेतीले जनाएका छन् ।

कम्पनी सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हाल कायम चुक्ता पूँजी १ अर्ब ९ करोड ५५ लाख ३६ हजार ६ सय ५२ रुपियाँको ५ प्रतिशत बोनस शेयर र २.८९ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने कम्पनी सचिव उप्रतीले बताए ।

Advertisement

Advertisement

Advertisement