कोरोना भाइरसले पुरुषको यौन शक्ति घटाउँछः अध्ययन

Advertisement

काठमाडौं । नोभल कोरानो भाइरस(कोभिड १९)ले पुरुषहरुको यौन शक्ति घटाउने एक अध्ययनले देखाएको छ ।

कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानको टोङजी मेडिकल कलेजका प्रोफेसर लि युफेङ नेतृत्वको विज्ञ टिमले गरेको अध्ययनले कोरोना भाइरसका कारण पुरुषहरुको यौन शक्ति तथा प्रजनन क्षमतामा ह्रास आउने निष्कर्ष निकालेको हो ।

अध्ययनले कोरानो संक्रमण भएर निको भएका चिनियाँ नागरिकहरुलाई प्रजन क्षमताको जाँच गर्न तथा सन्तान जन्माउने प्रक्रियामा सहभागी हुन आग्रह पनि गरिएको छ ।

संक्रमितहरुले तत्कालै सेमोन हर्माेनको जाँच गर्नु उपयुक्त हुने अध्ययनमा उल्लेख गरिएको छ ।
अस्पतालले आफ्नो वेबसाइटमा १० मार्चमा राखेको प्रतिवेदनलाई हुवेई प्रान्त सरकारले पनि आफ्नो वेभसाइटमा राखेको थियो ।

तर चिनियाँ सामाजिक सञ्जालहरुमा भाइरल भएपछि त्यसलाई हटाईएको थियो । पुरुषहरुमा यौन उत्तेजना ल्याउने तथा सन्तान उत्पादन गर्ने हर्माेनमा कोरोना भाइरसले प्रभावित पार्ने अध्ययनमा उल्लेख छ ।(ग्लोबल टाइम्स डटकमबाट)

Advertisement

Advertisement

Advertisement