मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्दा डिम्याट खाता निःशुल्क

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो बैंकमा बचत खाता खोल्दा डिम्याट खाता निःशुल्क खोल्न सकिने असर ल्याएको छ ।

ग्राहकहरुको बैंकसँगको कारोबारलाई थप दीर्घकालीन तथा मजबुत गराउन बचत खाताहरुमा नविन सुविधाहरु प्रदान गर्दै जाने योजनाअनुरुप यो अफर ल्याएको बैंकले जनाएको छ ।

कुनै पनि नयाँ बचत खाता खोलेको अवस्थामा बैंकको सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ क्यापिटलमा निःशुल्क हितग्राही (डिम्याट) खाता खोल्न सकिने ब्यवस्था मिलाइएको जनाएको छ । देशभर सञ्चालनमा रहेका कुनै पनि शाखामा ग्राहक स्वंयम उपस्थित भई आवश्यक कागजपत्र बुझाएको २४ घण्टाभित्र हितग्राही खाता उपलब्ध गराइने बैंकले जनाएको छ ।

भौतिक सेयर प्रमाणपत्रलाई अभौतिकरण गर्न ग्राहकबाट अनुरोध भई आएमा मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सहकार्य गरी अभौतिकरण गर्न समेत सकिने छ । यो योजना सीमित अवधीको लागि मात्र लागू हुनेछ । मुक्तिनाथ विकास बैंकका मुलुकभर १३४ वटा शाखाहरु रहेका छन् ।

Advertisement

Advertisement

Advertisement