सेयर बजारमा १६.२६ अंकको गिरावट, कारोबार पनि ११८ करोड मात्रै

Advertisement

काठमाडौं । बुधबार सेयर बजारमा १६.२६ अंकको गिरागट आएको छ । यस अघि सेयर बजार घटेपनि कारोबार रकम भने २ अर्ब बढी हुँदै आएको थियो । तर बुधबार पनि कारोबर रकममै ठूलो कमी आएको हो ।

बुधबार १७२ कम्पनीको ३४ लाख ८३ हजार २ सय २१ कित्ता सेयर किनबेच भएको छ । नेप्सेका सबै इन्डेक्स ओरोलो लागेका छन् ।

सब इण्डेक्स तर्फ पनि ट्रेडिङ बाहेक सबै समुह रातै भएका छन् । बुधबार नेपाल लाइफको ९ करोड ३१ लाख, एनआइसी एसिया बैंकको ८ करोड ३३ लाख, एनएमबी बैंकको ५ करोड ९० लाख, ग्लोबल आइएमई बैंकको ४ करोड १४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बुधबार जनसेवा लघुवित्त, माउन्टेन हाइड्रो, सबैको लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले कमाएका छन् । कालिका पावर, सपोर्ट माइक्रोफाइनान्स, एनएलजी इन्स्योरेन्स, मल्टिपर्पाेज फाइनान्स कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।

Advertisement

Advertisement

Advertisement