सेयर कारोबार बन्द नगरे नेप्से विरुद्ध मुद्दा हाल्ने लगानीकर्ताको चेतावनी

Advertisement

काठमाडौं । सेयर कारोबार बन्द नगरे नेप्से विरुद्ध कानुनी उपचारमा जाने सेयर बजारका लगानीकर्ताहरुले चेतावनी दिएका छन् ।

सरकारले कोरोनाको सम्भावित संक्रमणबाट जोगिन अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको तर नेप्सेले अनलाइन सेयर कारोबार खुल्ला गर्न लागेका भन्दै लगानीकर्ताले त्यसको बिरोध गरेका हुन् ।

हाल एक प्रतिशत लगानीकर्ता मात्रै अनलाइन सेयर कारोबारमा संलग्न रहेकाले उनीरुको हितलाई ध्यानमा राखेर नेप्सेले ९९ प्रतिशत लगानीकर्तामाथी अन्याय गर्न खोजेको आरोप पनि उनीहरुले लगाएका छन् ।

लगानीकर्ताका पाँच वटै संगठनका नेताहरुले संयुक्त विज्ञप्ति निकालेर सरकारले तोके अनुसार चैत ९ गतेदेखि २१ गतेसम्म सेयर कारोबार बन्द गर्नुपर्ने माग समेत राखेका हुन् । अनलाइन कारोबार आरम्भ गरेमा नेप्से विरुद्ध कानुनी उपचार खोज्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।

Advertisement

Advertisement

Advertisement