नेप्सेमा झडपः लगानीकर्ता र ब्रोकर कारोबार बन्द गर्ने पक्षमा, नेप्सेले टेरेन

Advertisement

काठमाडौं । सेयर कारोबार सूचारु राख्ने की बन्द गर्ने भन्ने विषयमा विवाद हुँदा नेप्सेमा झडप भएको छ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले नेप्सेका सिइओ चन्द्रसिंह साउदले जबरजस्ति कारोबार सूचारु गर्ने तयारी गरेपछि झडप भएको बताए ।

यतिबेला पाँच वटै लगानीकर्ता सघंका प्रतिनिधी सेयर कारोबार बन्द गर्न माग गर्दै नेप्सेमा पुगेका छन् । उनीहरुले नेप्सेका सिइओ साउँदसँग कारोबार बन्द गर्न माग गर्दा साउदले सरकारबा तर्फबाट आधिकारीक पत्र नआएकाले कारोबार नरोक्ने बताएका थिए ।
सोही विषयमा विवाद हुँदा झडप भएको रौनियारले बताए ।

ब्रोकरहरु समेत बजार बन्द गर्नुपर्ने पक्षमा उभिएका बेला नेप्सेले भने अटेर गर्दै सेयर बजार खुला गरेको हो । ब्रोकरहरुले शनिबार नै विज्ञप्ति निकालेर कारोबार बन्द गर्नुपर्ने बताएका थिए ।

Advertisement

Advertisement