धितोपत्र बोर्डका अध्यक्षको प्रश्नः कस्को स्वार्थ पुरा गर्न सेयर बजार खुल्ला गरिएको हो ?

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले कस्को स्वार्थ पुरा गर्न सेयर बजार खुला गरिएको हो ? भन्दै प्रश्न गरेका छन् ।

आइतबार सेयर बजार खुला गरिएको सन्दर्भमा कर्पाेरेट नेपालसँग कुरा गर्दै बोर्ड अध्यक्ष ढुंगानाले भने-'सरकारको स्पष्ट निर्देशन छ, प्रधानमन्त्रीले घोषणा गर्नु भएको छ, त्यसका विपरिद बजार किन खोलेको ? कस्को स्वार्थ पुरा गर्न खोलेको हो ?'

लगानीकर्ता, ब्रोकर र मर्चेण्ट बैंकरहरुले विज्ञप्ति नै निकालेर बजार बन्द गर्नुपर्ने धारणा राख्दा समेत सेयर बजार खुला गरिनु गम्भिर विषय भएको पनि बताए ।

ढुंगानाले नेप्सेको नेतृत्वले आफुखुसी काम गर्न थालेको भन्दै आपक्ति समेत जनाए । सरकारले अत्यावश्यक सेवा बाहेकका कार्यालय बन्द गर्नु भनेको छ, २५ जना भन्दा बढी भेला नहुनु भनेको छ, ब्रोकरले कारोबार गर्न सकिन्न भनेको छ, लगानीकर्ताले सामुहिक विज्ञप्ति निकालेका छन्, मर्चेन्ट बैंकरले त्यसै भनेका छन्, फेरी पनि बजार किन खुल्ला गरिएको हो ?, ढुंगानाले प्रश्न गरे ।

उनले केहि दिनका लागि बजार बन्द गर्नुपर्ने आफ्नो स्पष्ट धारणा रहेको पनि सुनाए । 'मेरो स्पष्ट धारणा छ, केहि दिनका लागि सेयर बजार बन्द गर्नुपर्छ', बोर्डका अध्यक्ष ढुंगानाले भने ।

Advertisement

Advertisement

Advertisement