बीमितलाई सहुलियत दिन बीमा समितिले कम्पनीहरुलाई दियो यस्तो निर्देशन

Advertisement

काठमाडौँ । बीमा समितिले तत्काल बुझाउनु पर्ने बीमालेख सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिन भित्र बुझाएमा किस्तामा लाग्ने ब्याज नलिन जीवन बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज इजाजत प्राप्त बीमा कम्पनीहरुलाई यस्तो निर्देशन जारी गरेका हुन् । 'बीमितलाई दुःख पनि नहोस र कोरोनाको संक्रमण पनि नहोस भन्ने उदेश्यले बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेका हौं', बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कर्पाेरेट नेपालसँग भने ।

यता निर्जीवन बीमा कम्पनीहरुले बीमालेख अवधि समाप्त हुनुअघि नै बीमितलाई पर्यापत सूचना उपलब्ध गराई सुसूचित हुने व्यवस्था गर्नु हुन साथै बीमालेख जारी गर्दा वा नबीकरण गर्दा जुनसुकै माध्यमबाट बीमा शुल्क संकलन गर्ने व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।

कोरोना भाइरसको महामारी विश्वव्यापी रुपमा फैलिएको सन्दर्भमा नेपाल सरकारले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको अवस्थामा बीमा समितिले यस्तो निर्देशन दिएको हो ।

Advertisement

Advertisement