कोरोना कोषः कति आयो पैसा ? कसले गरे घोषणा ?

Advertisement

काठमाडौं । सरकारले कोरोनाका संक्रमणसँग जुध्न खडा गरेको कोरोना कोषमा सहयोग घोषणा गर्नेहरुको संख्या निरन्तर बढिरहेको छ । आइतबार सरकारले ५० करोड रुपैयाँको कोष खडा गर्ने निर्णय गरेको थियो । सरकारले सिंहदरबार परिसरमा रहेको बाणिज्य बैंकमा १९६०००००११०१ नम्बरको खाता खोलेको छ

कोरोना कोषमा प्रधानमन्त्री सहित सबै मन्त्रीहरुले एक एक महिनाको तलब दिने घोषणा गरेका छन् । कोषमा राष्ट्रपतिले दुई महिनाको तलब दिने घोषणा गरेकी छिन् । उप राष्ट्रपति र दुबै सदनका सभामुख र अध्यक्षले एक एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

त्यस्तै, नेकपा सांसदहरुले आधा महिनाको तलब दिने घोषणा गरेका छन् । नेपाली काँग्रेसले पनि आफ्ना सांसदहरुको १५ दिनको तलब कोरोना कोषमा दिने घोषणा गरेको छ ।

कसले गरे कति दिने घोषणा ?
बीमा समितिले २ करोड दिने घोषणा गरेको छ ।
कृषि विकास बैंकले एक करोड २५ लाख रुपैयाँ दिने भनेको छ ।
ग्लोबल आईएमई बैंकले एक करोड १५ लाख दिने भनेको छ ।
नेपाल बैंकले एक करोड रुपैयाँ दिने घोषणा गरेको छ
भाटभटेनी ग्रुपले एक करोड रुपैयाा दिने भनेको छ ।
धितोपत्र बोर्डले ५० लाख रुपैयाँ दिने भनेको छ ।

प्रधानमन्त्रीको सचिवालयका तर्फबाट कति ?
कोषमा हालसम्म प्रधानमन्त्रीको सचिवालयका तर्फबाट मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा। राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, आर्थिक विकास मामिला सल्लाहकार लालशंकर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले एक महिनाको तलब दिने घोषणा गरेका छन् । त्यस्तै, प्रधानमन्त्रीका विकास पूर्वाधार विज्ञ गजेन्द्र थपलिया, संचार विज्ञ रामशरण बजगाईं र स्वकीय सहसचिव होमबहादुर थापाले आधा महिनाको तलब दिने घोषणा गरेका छन् ।

Advertisement

Advertisement

Advertisement