नगरकोटमा तयार भयो एक हजार क्षमताको क्वारेन्टाइन

Advertisement

काठमाडौं । भक्तपुरको नगरकोटमा एक हजार क्षमताको क्वारेन्टाइन तयार भएको छ । पर्यटन मन्त्री योगेश भट्टराईको नेतृत्वमा गठन भएको क्वारेन्टाइन कार्यदलले नगरकोटका ११ वटा होटलमा एक हजार जनालाई राख्न मिल्ने क्वारेन्टाइन तयार पारेको हो । त्यस बाहेक बिशेष बिरामीका लागि थप एक होटल र स्वयं सेवक तथा मेडिकल टिम र सुरक्षा टिमका लागि थप एक एक वटा होटल तयार पारिएको छ ।

मन्त्री भट्टराईका अनुसार नगरकोट क्षेत्रमा २ हजार जनालाई क्वारेन्टाइन राख्न सकिने अवस्था देखिएको छ ।
त्यस्तै, भक्तपुर स्थित काठमाडौं मेडिकल कलेज दुवाकोटमा क्वारेन्टाइनको लागि ४५० र आइसोलेसनको लागि ५ वाड तयारी अवस्थामा राखिएको छ । यस्तै पशुपती क्षेत्रमा रहेको नवनिर्मीत धर्मशालामा ७० जनाको लागि क्वारेन्टाइन गर्न सक्ने क्षमताको धर्मशाला तयारी अवस्थामा राखिएको छ ।

Advertisement

Advertisement

Advertisement