भारतमा ऋणीलाई दोहोरो राहत प्याकेज घोषणा, बैंकको सिआरआरमा १% कटौती, नेपालमा के आउँछ ?

Advertisement

काठमाडौं । भारतमा कोरोना संक्रमणसँग जुधिरहेका ऋणीहरुले दोहोरो राहत प्याकेज पाएका छन् । रिजर्भ बैंक अफ इण्डियाले ऋणको साँवा तथा ब्याजको किस्ता तिर्ने समय ३ महिना थपिदिएको छ । आरबिआई गभर्नर शक्तिकान्त दासले कोरोना भाइरसँग लडिरहेका ऋणीहरुका लागि शुक्रबार राहत प्याकेज घोषणा गरेका हुन् ।

आरबीआईले रिपो दरमा पनि ०.७५ प्रतिशत कटौती गरिदिएको छ । जसले ब्याजदरमा कमी ल्याएर ऋणीलाई थप सहजता दिनेछ । त्यस्तै, रिभर्स रिपोमा समेत ०.९० प्रतिशतले कटौती गरिएको छ । आरबीआईले कार्यान्वयनमा ल्याएको नयाँ व्यवस्थाले अब रिपो रेट ५.१५ प्रतिशतबाट घटेर ४.४५ प्रतिशत कामय हुनेछ भने रिभर्स रिपोको दर ४ प्रतिशतमा सिमित हुनेछ । गभर्नर दासले आगामी ३ महिनासम्म ऋणीसँग साँवा र ब्याजको किस्ता नअसुल्न भनेका छन् ।

करोडौं ऋणीलाई फाइदा
रिपो दर घटाउने निर्णयले घर कर्जा लिने मध्यम वर्गिय परिवारलााई फााइदा पुग्नेछ । साथै मासिक किसता भर्ने करोडौं भारतीय यो नीतिबाट लाभाम्वित हुने आरबिआईको दावी छ ।

सिआरआरमा पनि राहत
आरबिआईले अनिवार्य नगद मौज्दात(सिआरआर)मा पनि एक प्रतिशतको कटौती गरेर ३ प्रतिशत गरिदिएको छ । यसले बैंक तथा वित्तिय संस्थाहरुलाई एक वर्षसम्म ३ प्रतिशत सिआरआरमा काम गर्ने छुट प्राप्त हुनेछ जसले तत्कालै वित्तिय प्रणालीमा १.३५ लाख करोड भारु थपिनेछ ।

यता, नेपालमा भने राष्ट्र बैंक राहत प्याकेज निर्माणमा जुटेको छ । अर्थमन्त्रालयले चैत मसान्त अवधीसम्म ऋणीहरुसँग साँवा तथा ब्याजको किस्ता असुली नगर्ने व्यवस्था गर्न निर्देशन दिईसकेको छ । विश्वव्यापी प्रभाव, भारत, पाकिस्तान तथा श्रीलंका जस्ता देशहरुले अघि सारेको राहत प्याकेज र अर्थमन्त्रालयले गरेको अध्ययनका आधारमा दिएको निर्देशनको सेरोफेरोमा बसेर प्याकेज निर्माण भैरहेको राष्ट्र बैंक नियमन विभाग प्रमुख देव कुमा ढकालले बताए ।

Advertisement

Advertisement

Advertisement