सिआरआरले लगानी योग्य पुँजी थपियो, ब्याजदर पनि घट्ने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनिवार्य तरलता अनुपात (सिआरआर) एक प्रतिशतले घटाएको छ । यस अघि ४ प्रतिशत रहेको सिआरआर अब ३ प्रतिशत भएको छ । यसले बैंक तथा वित्तिय संस्थाहरुलाई लगानी योग्य पुँजीको मात्रा वृद्धि गरिदिनेछ । सिआरआर सम्बन्धी नयाँ व्यवस्थाले कम्तिमा पनि करिब ३० अर्ब रुपैयाँ लगानी योग्य रकम थपिएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । तर त्यो रकम बैंकहरुले पब्लिकमा लगानी गर्न भने पाउने छैनन् ।

त्यस्तो रकम बैंकहरुले सरकारी ट्रेजरी बिलमा लगानी गर्न सक्नेछन् । जसबाट बैंकहरुले औषत ३ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । ‘सिसिडी नघटेकाले पब्लिकमा लगानी गर्ने रकम बढ्ने अवस्था रहेन, सिआरआरले ३० अर्बको तरलता थपिदिन्छ जुन सरकारी बण्डहरुमा मात्रै लगानी गर्न पाइन्छ’, बैंकर्स संघका अध्यक्ष दाहालले भने ।

उनले ब्याजदर समेत घट्ने अवस्था नरहेको बताए । रिपो र रिभर्स रिपोको दरले ब्याजदर घट्छ की भन्ने अनुमान गरिएको होला, ब्याजदर करिडोर राम्रोसँग लागु नभएकाले रिपोको नयाँ दरले ब्याजदर घटाउन प्रभावकारी भूमिका नखेल्न सक्छ ।’, अध्यक्ष दाहालले भने ।

Advertisement

Advertisement

Advertisement