बैंकहरुलाई स्प्रेड, सिसिडी, सिआरआर र एसएलआर सबैमा छुट

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई स्प्रेड दर, सिआरआर, एसएलआर, सिसिडी रेसियो लगायतका सबै नियामकिय तथा सुपरिवेक्षकिय अनुपातहरुमा छुट दिएको छ ।

कोरोना संक्रमणको जोखिममा रहेको अर्थतन्त्रलाई राहत प्याकेज जारी गर्दै राष्ट्र बैंकले चैत मसान्त अवधीभित्र बैंक तथा वित्तिय संस्थाहरुले नियामकिय तथा सुपरिवक्षकिय कुनै पनि अनुपात अनुपालन गर्नु नपर्ने व्यवस्था गरिदिएको हो ।

‘चैत मसान्त अवधीमा बैंक तथा वित्तिय संस्थाहरुले अनुपालन गर्नुपर्ने नियामकिय तथा सुपरिवक्षकिय अनुपात पालना नगरेमा कारवाही नगर्ने निर्णय गरिदिएका हौं ’, राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणी शिवाकोटीले कर्पाेरेट नेपालसँग भने ।

उनले प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको सिमा कार्यान्वयन नगरवापत हुने कारवाही समेत अहिलेका लागि रोकेको उनले बताए ।

Advertisement

Advertisement

Advertisement