कोरोना उपचारमा बाधक चिकित्सकको लाइसेन्स खारेज गर्ने तयारीप्रति चिकित्सक संघको आपत्ति

Advertisement

काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना भाइरस (कोभिड १९)को उपचारमा बाधक देखिएका निजी तथा सरकारी अस्पतालका चिकित्सकहरुलाई भविश्यमा समेत अयोग्य हुनेगरी पेशागत लाइसेन्स खारेज गर्न नेपाल मेडिकल काउन्सिललाई स्वास्थ्य मन्त्रालयले पत्र लेखेकोमा आपत्ति जनाएको छ ।

संघले सुरक्षा उपकरणको राम्रो व्यवस्थाविना स्वास्थ्यमकर्मीलाई कोरोनाको जबरजस्ती उपचारमा संलग्न गराउन नमिल्ने तर्क गर्दै संघले नैतिक पतन देखिने फौजदारी अभियोगमा बाहेक अन्यमा आफूहरुमाथि कारवाही गर्न नमिल्ने तर्क अघि सार्दै संघले सुरक्षा सामग्रीको भरपर्दो व्यवस्थाविना नै स्वास्थ्यकर्मी तथा चिकित्सकहरु काम गर्दागर्दै उनीहरुलाई हतोत्साहित गर्न खोजिएको बताएको छ ।

स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णय गरी काउस्सिललाई कोरोनाको उपचारमा बाधा पुर्याउने चिकित्सकहरुको विवरण संकलन गर्न र आवश्यक छानविन गरी भविश्यमा अयोग्य ठहरिनेगरी निजहरुको लाइसेन्स खारेज गर्न पत्रचार गरेको थियो । पछिल्लो समयमा केही चिकित्सकहरु जोखिम मालेरै कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि खटिएको देखिए पनि अधिकांश भने पेशागत दायित्वबाट पन्छिदै घरमै बस्ने, अफिसमा काम नगर्ने, अरुलाई पनि काम नगर्न उक्साउने गरेको देखिएको छ ।

संघको विज्ञप्ति यस्तो छः

Advertisement

Advertisement

Advertisement