लकडाउनको १२औँ दिनः काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रका १२ तस्वीर (फोटो फिचर)

Advertisement

काठमाडौँ । आज शनिबार लकडाउनको १२ औँ दिन हो । कोरोना भाइरसको महामारीले विश्वव्यापी रुपमा प्रभाव पार्न थालेपछि नेपालमा पनि सरकारले चैत ११ गतेदेखि लकडाउन आदेश जारी गरेको छ । हिजोसम्म नेपालमा ६ जनामा कोरोना संक्रमण देखिएकोमा आज एकैदिन थप ३ जना थपिएर कोरोना संक्रमितको संख्या ९ पुगेको छ भने १ जना उपचारपछि निको भएर घर फर्किएका छन् । लकडाउन २५ गतेसम्म जारी छ, लकडाउनका कारण काठमाडौँ उपत्यकासहित देशभरकै जनजीवन सुनसान छ ।

हेरौँ काठमाडौँ उपत्यकाका विभिन्न स्थानका १२ तस्वीर:

[caption id="attachment_174290" align="alignnone" width="900"] १. कोभिड–१९ को सङ्क्रमण नफैलियोस् भनी सरकारले लागू गरेको लकडाउनको एघारौँ दिन शुक्रबार देखिएको सुनसान आर्यघाट ।[/caption]

[caption id="attachment_174291" align="alignnone" width="900"] २. कोभिड–१९ को सङ्क्रमण नफैलियोस् भनी सरकारले लागू गरेको लकडाउनको एघारौँ दिन शुक्रबार पशुपतिनाथ मन्दिर परिसरमा देखिएको सुनसान दृश्य ।[/caption]

[caption id="attachment_174292" align="alignnone" width="900"] ३. काठमाडौँ महानगरपालिकाले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको दशौँ दिन बिहीबार कालिमाटीमा किटनाशक औषधि छर्कदैँ ।[/caption]

[caption id="attachment_174293" align="alignnone" width="900"] ४. सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको ज्वरो मापन गरिँदै ।[/caption]

[caption id="attachment_174294" align="alignnone" width="900"] ५. ग्लोबल रेमिटमार्फत विदेशबाट आफन्तले पठाएको पैसा निकाल्नका लागि पानी पोखरीस्थित ग्लोबल आइएमई बैँकको गेटमा आफ्नो पालो पर्खेर बसेका नेपाली । लक डाउनका कारण आर्थिक संकट पर्दै गएपछि बैंकलाई केही समय भए पनि खोल्ने अनुमति सरकारले दिएको छ ।[/caption]

[caption id="attachment_174295" align="alignnone" width="900"] ६. कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनी सरकारले लागू गरेको लकडाउन पछि सुनसान देखिएको न्यूरोडस्थित बिशाल बजारक्षेत्र ।[/caption]

[caption id="attachment_174296" align="alignnone" width="900"] ७. कोरोना भाइरसको सङ्क्रमणका कारण सरकारले गरेको लकडाउनपछि सुनसान देखिएको भक्तपुर दरबार स्क्वाएर ।[/caption]

[caption id="attachment_174297" align="alignnone" width="900"] ८. लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ, बबरमहलमा विभिन्न ठाउँमा जानका लागि सवारी साधनको पास लिनेको भीड ।[/caption]

[caption id="attachment_174298" align="alignnone" width="900"] ९. काठमाडौंको न्यूरोडमा ग्यास ढुवानी गर्न जादै एक गाडी चालक ।[/caption]

[caption id="attachment_174299" align="alignnone" width="900"] १०. काठमाडौँको ठमेल क्षेत्रमा चल्ने रिक्साचालकलाई चाउचाउ, बिस्कुट वितरण गर्दै स्थानीय युवा ।[/caption]

[caption id="attachment_174300" align="alignnone" width="900"] ११. कोभिड–१९ को सङ्क्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्न सरकारले लागू गरेको लकडाउनको आठौं दिन देखिएको सुनसान असन क्षेत्र ।[/caption]

[caption id="attachment_174301" align="alignnone" width="900"] १२. काठमाडौँको थापाथलीस्थित सडकमा लेन मिलाउँदै कामदार ।[/caption]

(तस्वीरहरुः रासस)

Advertisement

Advertisement

Advertisement