आफ्नो प्रगति र लोकप्रियतालाई आईएमईले रोक्न खोजेको इसेवाको आरोप

Advertisement

काठमाडौं । भुक्तानी सेवा प्रदायक दुई कम्पनीहरु इसेवा र आईएमई पेबीच अस्वस्थ ढंगको प्रतिस्पर्धा देखिएको छ । प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अलीसँग जोडेर इसेवालाई प्रहार गर्ने काम एक व्यापारिक घराना आईएमई समूहबाट भएको इसेवाका एक अधिकारीको गुनासो छ ।

उनी भन्छन्, ‘यसमा राजनीतिक कारण पनि होला, त्यसमा हामीलाई चासो भएको विषय होइन्, तर इसेवासँग अस्गर अलीको सम्वन्ध रहेको नाममा इसेवालाई जुन ढंगले हिट गर्ने काम भइरहेको छ, त्यसमा कतिपय ठूला व्यापारिक घराना पनि देखिन्छन् ।’

इसेवाको प्रगति र लोकप्रियता प्रतिस्पर्धीहरुलाई चुनौति बनेको ती अधिकारीको भनाई छ । उनले प्रविधि र सेवाको हिसावले इसेवा प्रतिस्पर्धी हिसावले काम गर्दै आएकाले अहिलेको स्थितिमा आइपुगेको भन्दै सबैले स्वस्थ हिसावले काम गर्नुपक्ष भन्ने पक्षमा रहेको बताए ।

इसेवाकै अर्का एक अधिकारीले प्रतिकुल परिस्थितिमा इसेवामाथि प्रहार गर्न खोजिएको बताए । उनले भने, ‘इसेवा के हो ? कस्तो काम गरिरहेको छ ? उपभोक्तालाई पनि थाहा छ । नियामक राष्ट्र बैंकलाई पनि । अहिले हाम्रो कुनै एक व्यक्तिबाट भएको गल्ती (एक अनलाइनको न्यूज कन्टेन्ट हाइड गरिएको) विषयहरुलाई राम्रो मसला बनाइयो । इसेवाले कनेक्ट आईपीएसको विकल्प हुनेगरी नयाँ सेवा ल्याउन लागेको पनि जनाइएको छ ।

इसेवाको आरोप आईएमई पेका राजु पौडेलले भने अस्वीकार गरे । उनले इसेवालाई असहयोग गरेको कुरामा सत्यतता नरहेको पनि बताए । पौडेलले भने, ‘हामीले उहाँहरुलाई सिध्याउन लाग्नुपर्ने कारण नै छैन् । बरु हामी एउटै क्षेत्रका हौं । उनहरुलाई जुन समस्या परेको छ, त्यसप्रति बरु हाम्रो सहयोग र साथ छ ।’

यता प्रधानमन्त्रीका एक सल्लाहकार सूर्य थापाले पनि व्यापारिक घराना आईएमई सरकारलाई बदनाम बनाउन लागिपरेको सार्वजनिक प्रतिक्रिया दिएका छन् । उनले सरकार र प्रधानमन्त्रीका आईटी सल्लाहकारलाई बदनाम गर्न व्यापारिक घराना आईएमई समूहले पूर्वमाओवादीलाई सघाईरहेको आरोप लगाएका थिए ।

Advertisement

Advertisement

Advertisement