अझै केही दिन चुनौतिपूर्ण रहनेछन्ः प्रम, विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा बस्न सुझाव

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने भन्दै सहज रहन आग्रह गरेका छन् । देशबासीलाई सम्बोधन गर्दै मंगलबार उनले स्थानीयस्तरमा कोरोना भाइरसका संक्रमण देखिन थालेको भन्दै समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताए ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको ओलीले बताए । उनले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह पनि गरे । ओलीले विदेशबाट आएका केही नागरिक क्वारेन्टाइनमा बस्न नमानेको उल्लेख गर्दै स्वघोषणा गर्दै क्वारेन्टाइनमा बस्न आग्रह गरे ।

विदेशबाट आएका सबै नागरिकलाई जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आएर कोरोनाविरुद्धको लडाइँमा सहभागी हुन आग्रह गर्दै एक जनाको लापरबाहीले परिवार, समुदाय हुँदै राष्ट्रलाई नै क्षति पुऱ्याउने बताए ।

प्रम ओलीले नेपाल–भारत सीमामा रहेका नेपाली नागरिकको उचित व्यवस्थापन गरिने बताए । कोरोना भाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेकाले थप सजग हुनुपर्ने अवस्था आएको भन्दै उनले कञ्चनपुरमा एक स्थानीयमा कोरोना भाइरसको संक्रमण देखिएपछि दोस्रो चरणमा पुगेको बताए ।

बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा कोरोना संक्रमण सरेपछि दोस्रो चरणमा पुगेका छौं भन्दै उनले यसबाट हामी थप जोखिममा छौं भन्ने देखाएको छ भने ।

Advertisement

Advertisement

Advertisement