चौधरी फाउण्डेशनले सरकारलाई दियो एक हजार थान ‘पीसीआर रिएजेन्ट’

Advertisement

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको संस्था चौधरी फाउन्डेसनले सरकारलाई एक हजार थान ‘पीसीआर रिएजेन्ट’ (कोरोना भाइरस परीक्षण सामग्री) उपलब्ध गराएको छ । फाउण्डेशनले चीनबाट आयात गरिएका ती सामग्री सरकारलाई हस्तान्तरण गरेको जनाएको हो ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बुधबार भेटी फाण्डेशनका प्रतिनिधिहरुले ती सामग्री हस्तान्तरण गरेका हुन् । मन्त्री ढकालले अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रले गरेको सहयोग प्रसंशनीय रहेको भन्दै धन्यवाद दिएको फाण्डेशनका महाप्रवन्धक मधु पौड्यालले जानकारी दिएका छन् ।

उनका अनुसार फाउन्डेसन अध्यक्ष विनोद चौधरीले कोभिड १९ नियन्त्रणमा सरकारले थालेको प्रयासमा साथ दिन पाउँदा आफूहरूलाई सन्तोष मिलेको बताएका छन् । कोरोनाभाइरस रोगको महामारीसँग जुध्दै नागरिक सुरक्षाका लागि आफूसक्दो प्रयास गर्ने अभियानको निरन्तरतास्वरूप यो सहयोग गरेको बताएका छन् ।

यसअघि पहिलो चरणअन्तर्गत चौधरी फाउन्डेसनले सातै प्रदेशका गरी ४८ स्वास्थ्य संस्थामा पीपीई र उपचार सामग्री वितरण गरेको थियो ।

Advertisement

Advertisement

Advertisement