तीनमहिनापछि तातोपानी नाका खुल्यो, १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रियो

Advertisement

मेलम्ची । नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ । गत माघ १३ गतेदेखि सो नाका बन्द भएको थियो ।

कोभिड-१९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरी बुधबारदेखि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

हिजो १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको जनाइएको छ । अत्यावश्यक सामग्री आयात गर्न नाका खोलिएको उनले बताए ।

Advertisement

Advertisement

Advertisement