टाटाको कमर्सिअल गाडीहरुमा निःशुल्क वारेन्टी अवधि थप

Advertisement

काठमाडौं । टाटा मोटर्सको नेपालको अधिकारक बिक्रेता सिप्रदी टेडिङ प्रालिले लकडाउनको कारण ग्राहकहरुलाई परेको असरलाई मध्यनजर गर्दै टाटाको सबै कमर्सिअल (ठूला) गाडीमा वारेन्टी अवधि दुई महिना थप गरेको छ ।

यदि टाटा कमर्सिअल गाडीेको वारेन्टी अवधिको म्याद यही गएको १५ मार्चभन्दा पछि सकिएको छ भने, स्ट्यान्डर्ड वारेन्टीको नियम तथा शर्तहरुअन्तर्गत सवारीको वारेन्टी अवधि ६० दिनको लागि थप गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले जनाएअनुसार अहिले महामारीको रुपमा विश्वभरि फैलिदै गरेको कोरोना भाइरस (कोभिड १९) को कारण भएको लकडाउन र अत्यावश्यकबाहेकको आवागमन प्रतिबन्धका कारण ग्राहकहरुले गाडी मर्मत गराउन नपाएको हुनाले निःशुल्क वारेन्टीको अवधि बढाएको हो ।

यसका साथै सिप्रदीले हालै सरकारद्वारा जारी गरिएको लकडाउनको नियम पालना गर्दै आकस्मित सेवा प्रदान गर्दै आएका सवारी साधनहरुको लागि २४सै घण्टा सेवा दिइरहेको जनाएको छ । हालसम्म २३० भन्दा बडी ंआकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारी साधनहरु सेवा दिइसकेको कम्पनीले जनाएको छ ।

केही परिआएको अवस्थामा सिप्रदीको टोल फ्रीनम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गरेर २५ स्थानबाट सेवाका लागि परिचालित कम्पनीका डेडिकेटेड अधिकारीहरूलाई फोन सम्पर्क गर्न सकिने छ ।

Advertisement

Advertisement

Advertisement