तानसेन सिमेन्टले कोभिड १९ महामारी रोक्न छर्कियो विषादी, आर्थिक सहयोग पनि प्रदान

Advertisement

काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड १९) संक्रमण रोक्न पाल्पा सिमेन्टले पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ७ मा किटनासक औषधि छर्किएको छ ।

उक्त वडाका अध्यक्षको अगवाईमा र सिसाहानीस्थित पाल्पा तान्सेन सिमेन्ट इन्डष्ट्रिज प्रालीको सहयोगमा वडाका सम्पूर्ण ठाउँमा बिषादी छरिएको छ । त्यस्तै, खानीस्थल प्रभावित क्षेत्रमा सहयोग गर्नका लागि चार लाख एक रुपियाँको चेक माथागढी गाउँपालिकाका कार्यकारी प्रमुखलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

साथै, सुनवल नगरपालिकाको दैवीप्रकोप उद्दार विशेष कोषमा जम्मा हुनेगरि पाल्पा सिमेन्टले दुई लाख ११ हजार १११ रुपियाँ पनि सहयोग गरेको छ । उक्त सहयोग सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा, वडा नम्बर ३ र ५ का अध्यक्षद्वय कर्णबहादुर सेन र थमन सिंह न

Advertisement

Advertisement

Advertisement