एक खर्बको पुनरकर्जा कोष, कोरोना प्रभावितलाई सहुलियत ब्याजदरमा ऋण

Advertisement

काठमाडौं । अब पुनरकर्जा कोषको आधार एक खर्ब रुपैयाँको हुने भएको छ । सरकारले पुनरकर्जा कोषको आधार एक खर्बको बनाएर कोरोना प्रभावित व्यवसायीलाई सहुलियत ब्याजदरमा ऋण दिने निर्णय गरेको हो ।

बैशाख १५ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री तथा सञ्चार मन्त्री समेत रहेका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने–‘६० अर्बको पुनरकर्जा कोषलाई एक खर्बको बनाउने निर्णय भएको छ, नेपाल राष्ट्र बैंकले सो कोषबाट सहुलियत ऋणको व्यवस्था गर्नेछ ।’

उनले कोरोनाबाट प्रभावित व्यवसायहरुका लागि पुनकर्जा कोषबाट सहुलियत ब्याजदरमा ऋण दिने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई निर्देशन दिईसकिएको पनि जानकारी दिए ।

राष्ट्र बैंकले परियोजना कर्जाका रुपमा साना तथा मझौला उद्यमहरुमा बैंक तथा वित्तिय संस्थाबाट प्रवाहि १५ लाख रुपैयाँसम्मको असल कर्जाको धितो सुरक्षणमा बार्षिक २ प्रतिशत ब्याजदरमा पुनकर्जा उपलब्ध गराउने बताएको छ । त्यस्तो पुनकर्जाको रकम बैंक तथा वित्तिय संस्थाहरुले सम्बन्धित ऋणीसँग ५ प्रतिशत भन्दा बढी ब्याजदर लिन नपाउने व्यवस्था गरिदिएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षाका क्रममा पुनरकर्जा कोषलाई ६० अर्बको बनाएको थियो । सरकारले एकै पटक कोषको आकार एक खर्बको बनाउने निर्णय गरेको हो ।

Advertisement

Advertisement

Advertisement