'लकडाउन'को मोडालिटी परिवर्तन गर्ने तयारी, सावधानीपूर्वक कृषि र उद्योगधन्दाहरु खोलिने

Advertisement

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) रोकथाम गर्न लागू गरिएको लकडाउनको समीक्षा र अबको मोडालिटीबारे छलफल गर्न सोमबार बसेको इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले मंगलबार सरकारलाई सिफारिस गर्ने भएको छ ।

विज्ञहरुलाई समेत बोलाएर सोमबार गरिएको बैठकले लकडाउनको मोडालिटी परिवर्तन गरेर कृषि र उद्योग तथा कलकारखानामा सावधानीपूर्वक काम गर्ने मन्त्रिपरिषदलाई सिफारिस गर्ने तयारी गरेको छ । तर सरकारले देशभित्र यात्रु ओसारपसारका लागि निजी तथा सार्वजनिक कुनै पनि सवारी साधन सञ्चालन अझै केही समय नगर्ने समितिले जनाएको छ ।

बैठकमा लकडाउन विभिन्‍न स्थानमा खुकुलो बनाउँदै लैजानुपर्ने सुझाव आएको थियो। बाहिर पनि जनस्तरबाट लकडाउनको मोडालिटी परिवर्तन गर्न दबाब बढ्दै गएको छ भने विज्ञहरुले लकडाउन खुकुलो नबनाए ठूलो समस्या आउनसक्ने चेतावनी दिइरहेको छन् ।

निजी तथा सार्वजनिक यातायात, शैक्षिक संस्था, बजार, सिनेमा हल र होटल तथा रेस्टुरेन्ट केही समय बन्द नै राख्नुपर्ने सुझाव आएको बैठकमा सहभागीहरुले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement