उदयपुर, कपिलवस्तु  र पर्सामा थपिए ७ जना कोरोना संक्रमित

Advertisement

काठमाडौं । थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार उदयपुर र कपिलवस्तु जिल्लामा ७ जना नयाँ संक्रमित थपिएका हुन् । टेकु प्रयोगशाला र बिराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरिएको पीसीआर परिक्षणमा कोरोना पुष्टि भएको हो ।

उदयपुरको झुल्केका १८, ४५ र ६५ वर्षिय महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको हो भने कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै, पर्साको छप्कैयाँ निवासी ६२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोना संक्रमितहरुको संख्या १०९ जना पुगेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था राम्रो रहेको सह प्रवक्ता डा. अधिकारीले बताए ।

Advertisement

Advertisement