नेपाल-भारत सिमामा काँडेतार लगाऔंः माधव नेपाल

Advertisement

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा बरिष्ठ नेता माधव कुमार नेपालले नेपाल भारत सिमामा काँडेतार लगाउने बेला भएको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै नेता नेपालले दुई देशबिच सिमाका विषयमा सधै किचलो गर्नु भन्दा काँडेतार लगाउँदा उपयुक्त हुने धारणा राखेका हुन् । सिमाका विषयमा सधै विवाद गरिरहनु भन्दा अब दिर्घकालिन समाधानमा जानुपर्छ र त्यसका लागि काँडेतार लगाऔं, नेता नेता नेपालले भने ।

तत्कालै सरकारले भिडियो कन्फेरेन्स मार्फत भारतीय नेतृत्वसँग लिपुलेक, कालापानी र लिम्पियाधुराबारे छलफल गर्नुपर्नेमा पनि जोड दिए । नेपालले तत्कालै सबै भूभाग समेटिएको नक्सा सार्वजनिक गर्नुपर्नेमा पनि जोड दिए ।
भूमि सुधार मन्त्री पदमा अर्यालले २ वर्षदेखि लिपुलेक नेपालको नक्सामा नभएको अभिव्यक्ति दिएको हो भने गम्भिर त्रुटि गरेको निचोड पनि उनले सुनाए ।

नेपालमा भारत बिरोधी भावना बढेकोमा चिन्ता गर्ने भारतीयहरुले सिमा मिचेर त्यसलाई झनै बढाईरहेको पनि उनले दावी गरे । उनले नेपाल प्रति भारतको दृष्टिकोण ठिक नभएको आशंका पनि व्यक्त गरेका थिए ।
भूमि सुधार

Advertisement

Advertisement

Advertisement