कामना सेवा विकास बैंकले सबै कर्मचारीको गरायो कोरोना बीमा

Advertisement

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीहरुको स्वास्थ्य र आर्थिक सुरक्षालाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीहरुको नेको इन्स्योरेन्स कम्पनी मार्फत कोरोना बीमा गराएको छ ।

विश्वभर फैलिएको महामारी र यसको विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटीरहेका कर्मचारीहरुको उच्च मूल्याँकन गर्दै सेवामा थप उत्साहित र उच्च मनोबलका साथ काम गर्ने हौसला प्रदान गर्नकोलागि बीमा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

यस अगाडि बैंकले आम नागरिकहरुको लागि कोरोना सुरक्षा बचत खाता समेत सञ्चालनमा ल्याईसकेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement