कात्तिक महिना अघि विकास निर्माणका काम गर्न सकिंदैनः निर्माण व्यवसायी

Advertisement

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीको अभाव भएका कारण कात्तिक मसान्तसम्म विकास निर्माणका कार्य अघि बढाउन नसक्ने जनाएको छ ।

महासंघका महासचिव रोशन दाहालले कोरोना नियन्त्रण तथा रोकथाम सम्बन्धि पूर्वाधार बाहेक सम्पूर्ण विकास निर्माणसँग सम्बन्धित कार्यहरुलाई निरन्तरता दिन नसक्ने विज्ञप्ति मार्फत उल्लेख गरेका हुन् ।

लकडाउनमा पनि विकास निर्माण कार्य गर्न सरकारले खुकुलो नीति लिए पनि काम गर्ने श्रमिकहरु, प्राविधिक र अन्य जनशक्ति कोरोनाको भयले घर गएकाले काम अघि बढाउनमा समस्या रहेको विज्ञप्तिमा उल्लेख छ ।



 

Advertisement

Advertisement

Advertisement