बैंक तथा वित्तीय संस्था तीन दिन मात्रै खुल्ने, जिल्लास्तरीय कमाण्ड पोष्टको निर्णय

Advertisement

बनेपा । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले अब काभ्रेपलाञ्चोकमा बैंक तथा वित्तीय र सहकारी संस्था हप्ताको तीन दिन मात्रै सञ्चालन गर्न लगाउने निर्णय गरेको छ ।

कोरोना भाइरसको जोखिम हुन नदिन अब जिल्लाका ती क्षेत्र आइतबार ,मङ्गलबार र शुक्रबार मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

यसअघि पनि हप्ताको तीन दिन मात्रै खोल्ने गरेको बैंक तथा वित्तीय संस्था बन्दाबन्दीमा आवतजावत अलि खुकुलो पारेसँगै गत वैशाख २१ गतेबाट दैनिक दुई घण्टा खोल्ने गरेको थियो । अब पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमण फैलिँदै गएपछि त्यसको रोकथाम र नियन्त्रणको अवस्थालाई मध्यनजर गर्दै पुनः तीन दिन मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

क्वारेन्टाइनमा एक जना
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलस्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा निर्माण गरिएको क्वारेन्टाइनमा एक जनालाई राखिएको छ । एक जना पुरुष व्यक्तिलाई क्वारन्टाइनमा राखेर स्वाब परीक्षणका लागि पठाएको स्वास्थ्य कार्यालयका डा नरेन्द्रकुमार झाले जानकारी दिए । यसअघि नमोबुद्ध नगरपालिकाको जनक माविमा निर्माण गरेको क्वारेन्टाइनमा दुई जनालाई राखेर पिसीआर विधिबाट गरिएको परीक्षणमा नतिजा नेगेटिभ देखिएपछि होम क्वारेन्टाइनमा बस्न सुझाव दिएर डिस्चार्ज गरेको उनले बताए ।

विदेश गएकाहरुको तथ्याङ्क सङ्कलन गर्दै बेथानचोक गाउँपालिका काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले पालिकाभित्रका कति नागरिक रोजगार र अन्य कार्यका लागि विदेशमा छन् भन्ने तथ्याङ्क सङ्कलन गर्ने काम शुरु गरेको छ ।

कोरोना भाइरसको जोखिम बढ्दै अएको अवस्थामा आफ्नो गाउँपालिकाभित्रका नागरिक कहाँ–कति कस्तो अवस्थामा छन् भन्ने तथ्याङ्क राख्न विवरण सङ्कलन अभियान शुरु गर्न लागिएको बेथानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए । सो गाउँपालिका स्थायी ठेगाना भइ हाल भारतलगायत अन्य देशहरुमा बैदेशिक रोजगारी तथा अन्य कारणले बसोबास गर्दै आएका ब्यक्तिहरुको तथ्याङ्क अत्यावधिक गरी राख्नुपर्ने भएकाले विवरण सङ्कलन कार्य अगाडि बढाएका हौँ”, उनले भने ।

यसका लागि सम्बन्धित जनप्रतिनिधि तथा कर्मचारीलाई सम्पर्क गरी वडा कार्यालयमा उपलब्ध गराइ सहयोग गर्न उहाँले सबैलाई आग्रह गरेका छन् । यसअघि विदेशबाट फर्केर घरमा आएकाहरुको विवरण सङ्कलन गरी उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन आरडिटी परीक्षण सम्पन्न गरेको थियो । उनका अनुसार करिब ४० नागरिक विदेशबाट फर्किएका छन् ।

Advertisement

Advertisement

Advertisement