‘सन् १९५० को सन्धीले टिस्टादेखि सतलजसम्मको भूमि फिर्ता भइसक्यो, हामीलाई थाहै छैन्’

Advertisement

काठमाडौं । राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्र गौतमले सन् १९५० को शान्ति तथा मैत्री सन्धीको धारा ८ ले सुगौली सन्धीलाई रद्द गरिसकेको भन्दै नेपालको सीमा पूर्वमा टिष्टा र पश्चिममा सतलजसम्म कायम हुनुपर्ने बताएका छन् । एपीवान टेलिभिजनको एक कार्यक्रममा उनले आइतबार उनले १९५० को सन्धीमा यसअघि भारत सरकार र ब्रिटिस सरकारबाट भएको सबै सन्धी सम्झौता र बन्दोबस्त रद्द गर्ने निर्णय गरिसकेको भनेर उल्लेख गरिसकेपछि सुगौधी सन्धी मात्रै कसरी कायम रहन्छ ? भन्दै १९५० मै बेलायतसँग नेपालको अर्को सन्धी भएको र सो सन्धीको पनि धारा ८ ले नै सुगौलीसहितका सबै सन्धी खारेज गरिसकेकाले नेपाल १८१६ भन्दा अघिको अवस्थामा फर्किसकेको बताए ।

Advertisement

गौतमले त्यो हिसावले नेपालको सीमा टिस्टादेखि काँगडासम्म, त्यो भन्दा पनि सतलज नदीसम्म हो भन्दै यो कुरा भारत, ब्रिटिस र नेपाल सरकारबीचको सन्धीले नै प्रष्ट भनेको कुरा हो भने । हामी ठूलो भूभागको कुरा छोडेर सानो टुक्राको लागि लडिरहेका छौं भन्दै उनले ग्रेटर नेपालको आन्दोलन अहिले सानो भए पनि यो नेपालकै आन्दोलन भयो भने के हुन्छ ? भनी प्रश्न गरे ।
सबै नेपाली भाषीमा हामी विशाल नेपालका हौं भन्ने भावना आयो भने भारतले रोकेर नरोकिने गौतमको आशय छ । उनले भारत एउटा राष्ट्रको रुपमा अझै पनि एकीकृत भइनसकेकोले संवेदनशील अवस्थामा रहेको बताए ।
विश्लेषक गौतमले भारतले नेपालसँग निउँ खोज्ने होइन्, मिलेर अघि बढ्दा हितकर हुने बताए । उनले भने, ‘नेपाल जस्तो मित्रसँग सानो सानो टुक्राको लागि भारतले लोभ गरेर बस्ने हो ?’ गौतमले यस्ता कुरामा भारतले आफ्ना आर्मीका जर्नेलहरुलाई बोल्न लगाउनुको अर्थ छैन भन्दै राजनीतिक माध्यम हुँदाहुँदै आर्मीका जर्नेललाई बोल्न लगाउनु गलत भएको बताए ।कागजीरुपमा हामीले टिष्टादेखि सतलजसम्मको नक्सा प्रकाशित गर्दा गलत नहुने गौतमको भनाई छ । उनले सन् १९५० को सन्धी खारेज भएको अवस्थामा भने सुगौली सन्धी पुर्नजीवित हुनसक्ने उनको तर्क छ । उक्त सन्धी नेपाल र भारतमध्ये एकले एक बर्षको पूर्वसुचना दिएर खारेज गर्न चाहेको अवस्थामा भने खारेज हुनसक्छ ।हामीले १९५० को सन्धीलाई गाली गरिरह्यौं तर यही सन्धीले हामीलाई टिस्टादेखि सतलजसम्मको भूमि फिर्ता गरिसकेको सबैलाई थाहा छैन भन्दै गौतमले नेपालमा निडर शासक जन्मियो भने १९५० को सन्धी भारतलाई महंगो पर्ने स्वीकार गरे । उनले सीमा विवाद चर्किएर युद्ध हुने अवस्था भयो र १९५० को सन्धी भारतले खारेज गर्यो भारतले आफ्नो मुलुकमा रहेका करिव ५० लाख नेपालीलाई फिर्ता लैजाउ भनेर अप्ठ्यारो पार्नसक्ने बताए ।गौतमका अनुसार भारतले नेपालीहरुलाई नागरिकता नदिई बस्न दिएको तर नेपालले भने जान्ने भएर हतारमा लाखौं भारतीयहरुलाई नागरिकता दिएको तर्क गरे । उनले नेपाललाई तेस्रो पक्षको उक्साहटमा बोल्नुपर्ने जरुरी नरहेको भन्दै भारतको व्यवहार नै कार्फी रहेको बताए ।दार्चुलाका साँसद गणेशसिंह ठगुन्नाले सुगौली सन्धीबाट फाइदा भारतलाई भएकोले उक्त सन्धी मान्दैन भने घाटा उसैलाई हुने चेतावनी दिए । ढिलो चाँडो समस्या समाधानमा नगई भारतलाई सुख नरहेको उनको भनाई छ ।थप कुराहरु भिडियोमाः

Advertisement

Advertisement