वीर अस्पताल अगाडी महँगोमा मास्क बेच्ने तीन फार्मेसी कारबाहीमा, प्रत्येकालाई २–२ लाख जरिवाना

Advertisement

काठमाडौं । महंगोमा मास्क बेचेको फेला परेपछि वीर अस्पताल अगाडीका तीनवटा फार्मेसी कारबाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा महंगोमा मास्क बेचेको फेला परेपछि पवित्र प्रोग्रेस फार्मेसी, मेगन फार्मेसी र हनुमान फर्मालाई कारबाही गरिएको हो ।

प्रत्येकलाई २–२ लाख रुपियाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ । पवित्र र मेगन फार्मेसीले केएन९५ र हनुमान फर्माले हाइ मास्क महँगोमा बेचेको फेला परेको हो ।

Advertisement

Advertisement

Advertisement