संसदमा लामो सम्बोधन गरेको एक सातामै प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

Advertisement

काठमाडौं । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा गत साता संसदमा लामो सम्बोधन गरेका प्रधानमन्त्री केपी ओलीले सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन् । पहिला मन्त्रिपरिषद बैठक बस्ने, त्यसपछि ओलीले राष्ट्रका नाममा ५ः३० बजे सम्बोधन गर्ने उनका एक सल्लाहकारले जानकारी दिएका छन् । उनको अभिव्यक्तिलाई लिएर विशेषगरी भारतीय मिडियाहरुले आलोचना गरिरहेको बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्न आटेका हुन् । मन्त्रिपरिषदले कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरेको भोलिपल्ट संसदमा बोल्दै उनले नेपाली भूमि फिर्ता गराएरै छा्ड्ने दोहोर्याएका थिए ।

Advertisement

नेपालले नक्सा जारी गरेको र प्रधानमन्त्रीले चिनियाँभन्दा भारतीय कोरोना भाइरस कडा रहेको भनी बोलेको भन्दै भारतीय मिडियाहरु नेपालविरुद्ध खनिएको बेला प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । यही बेलामा अमेरिकी अनुदान परियोजना एमसीसी पनि संसदबाट पास गर्न गृहकार्य भइरहेको बुझिएको छ ।

Advertisement

Advertisement