‘डिशहोममा डिलरदाईको डिस्काउन्ट’ नामक योजनामा थप २ जनाले जिते १-१ लाख

Advertisement

काठमाडौँ । डिशहोमले ‘डिशहोममा डिलरदाईको डिस्काउन्ट’ नामक योजना अन्तरगत २०७७ साल जेष्ठ १६ गते देखि जेष्ठ २२ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न गरेको छ ।

योजनाअनुसार जेष्ठ २३ गतेसाँझ ५ बजे डिशहोमको शोकेश च्यानलबाट लाइभ लक्की ड्र प्रसारण गरिएको थियो । उक्त योजनाअनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति १ लाख रुपियाँ नगद प्राप्त गर्नेछन् । लक्की ड्र बाट डिशहोमको सेटअप बक्सको सीएएसआईडी नम्बर ७१९०२८६६३०१ र ७१९०८९१८७०० लाई बिजेता घोषणा गरिएको छ । बिजेताहरुलाई प्रतिव्यक्ति १ लाख रुपियाँ नगद उपहार प्रदान गरिने भएको छ ।

आउने लाइभ लक्की ड्र २०७७ साल जेष्ठ ३० गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने कम्पनीले जनाएको छ । २०७७ साल जेष्ठ २३ गते शुक्रबारदेखि जेष्ठ २९ गते बिहिबार सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई जेष्ठ ३० गतेको लाइभ लक्की ड्रमा समावेश गरिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement