सुनको मूल्य प्रतितोला ९० हजार पुग्नै लाग्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौँ । सुनको मूल्य प्रतितोला ९० हजार पुग्नै लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय ६० र चाँदी प्रतितोला ९ सय ३० रुपियाँ निर्धारण गरिएको छ ।

महासंघका अनुसार हिजो छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ८९ हजार ३ सय ६५ र चाँदी प्रतितोला ९ सय ३५ रुपियाँमा कारोबार भएको भएको थियो ।

यसरी हेर्दा सुन हिजोको तुलनामा प्रतितोला १ सय रुपियाँ बढेको छ भने चाँदी प्रतितोला ५ रुपियाँ घटेको छ ।

Advertisement

Advertisement

Advertisement