प्राइम लाइफको वार्षिक साधारण सभा असार २९ गते, १२.५ प्रतिशत बोनस शेयर पारित गर्ने

Advertisement

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १२औँ वार्षिक साधारण सभा असार २९ गते हुने भएको छ । दिउँसो २ बजे अग्रवाल भवन कमलपोखरीमा वार्षिका साधारण सभा गर्ने निर्णय भएको कम्पनी सचिव राजनप्रसाद अधिकारीले जनाएका छन् ।

साधारण सभाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि १ करोड २३ लाख चौँतीस हजार चार सय ४१ रुपियाँ नगद लाभांशको प्रस्ताव पारित गर्नेछ । कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब ७९ लाख ३९ हजार ३ सय ७५ रुपियाँ रहेको छ ।

साधारण सभा प्रयोजनका लागि असार १९ गते शेयर दाखिला खारेज बन्द(बुक क्लोज) गर्ने निर्णय समेत सञ्चालक समितिले गरेको छ । असार १८ गतेसम्म कारोबार भई कायम हुने शेयरधनीहरु मत्र बोनश शेयरको हकदार हुनेछन् ।

Advertisement

Advertisement

Advertisement