ग्लोकल आफ्टर स्कुलले अनलाइन सिकाईका लागी भर्चुअल सम्मेलन गर्दै

काठमाडौं । ग्लोकल आफ्टर स्कुलद्वारा अनलाइन सिकाईका लागी भर्चुअल सम्मेलन गरिदै छ । सम्मेलनको मुख्य अतिथिका रुपमा माननीय गिरीराजमणि पोखरेल, शिक्षा मन्त्री, नेपाल सरकारले गर्दै उद्घाटन मन्तव्य दिने कार्यक्रम रहेको छ । ग्लोकल अफ्टर स्कूल, ग्लोकल प्राइवेट लिमिटेडको एक अभिन्न अङग हो र यसले बिगतका वर्षहरु वाट बिभिन्न सिप सिकाई तथा शिक्षाका कार्यक्रमहरु अफलाइन तथा अनलाई संचालन गर्दै आएको छ । सोही ग्लोकल अफ्टर स्कूलले २ दिने अनलाइन लर्निङ भर्चुअल कन्फरेन्स १४ र १५ असारमा आयोजना गर्न गैरहेको छ । यस इलर्निङ सिकाई सम्मेलनले यस क्षेत्रका अग्रणी विद्वान, शिक्षाविद् र अनुसन्धानकर्ताहरूलाई एकसाथ ल्याएर अलाइन शिक्षण र शिक्षाको भविष्यमा र शिक्षाको सिद्धान्तमा बिकास गर्न एक साझा मन्च प्रदान गर्नेछ ।ग्लोकल आफ्टर स्कूल (ग्लोकल प्रालिको इकाई) ले बिभिन्न विषयहरूमा अनलाइन पाठ्यक्रमहरू सुरू गरेको हो । यि अन्लाईन पाठ्यक्रमहरू बिभिन्न क्षेत्रका विज्ञहरूले आधारभूत शिक्षा तथा सिप प्रदान गरी अहिलेको समयको उचित सदुपयोगका लागि बनाइएको हो । र्अन्लाईन शिक्षा पोर्टल, भविस्यमा पनि सुचारु गर्ने लक्ष्य लिएर ग्लोकल टीम अघि बढेको छ ।सम्मेलन को मुख्य लक्ष्य भनेको अनलाईन लर्निङका सम्भावनाहरु लाई सम्बोधन गर्नु हो, चुनौतीहरु र अनलाइन लर्निंग भित्र का अवसर एवम बिकासका बारेमा छलफल गर्नु हो । सम्मेलनले दुबै प्राविधिक साथै अनलाइन लर्निंगको गैरप्राविधिक पक्षहरूलाई पनि समेट्छ ।सम्मेलनमा अदामस युनिभर्सिटी, खान एकेडेमी, १०मिनट स्कुल, फ्युज क्लासरूम, ग्लोकल आफ्टर स्कुल, टिच फोर नेपाल, काठमाडौं विश्वबिद्यालय, किङ्स कलेज, कारखाना एवम सिटिइभिटी जस्ता शिक्षण मञ्चहरुका तर्पmवाट मन्तव्य तथा विश्लेषणहरु रहनेछ ।ग्लोकल प्रालिका कार्यकारी निर्देशक, आशीष ठाकुर भन्छन्–“यस सम्मेलनको माध्यमबाट, हामी शिक्षण संयन्त्रको चुनौतीपूर्ण समस्याहरूको चलिरहेको आविष्कार, अनुप्रयोग र समाधानहरूको लागि योगदान दिन र अनलाईन सिकाई संयन्त्र मा प्रभाबकारी ढंगले बिकास गर्न के गर्न सकिन्छ भन्ने बारे छलफल एवम विकास गर्न चाहन्छौं । सम्मेलनको मुख्य लक्ष्य अन्लाईन लेअर्निङमा नबिनता थप्न र शिक्षाको बिकासमा यसको प्रभाबकारीताका बारे छलफल गर्नु रहेको छ ।”