‘खल्तीले ल्यायो दुई गुणा अफर’, खल्तीमा रकम पठाउनेलार्ई ११ दिनमै दुई गुणा पार्ने अवसर

Advertisement

काठमाडौँ । डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने उद्देश्यले खल्ती डिजिटल वालेटले मोवाइल एप र खल्ती डटकम वेवपेजमार्फत कारोबार गर्ने ग्राहकहरूका लागि ‘खल्तीको दुई गुणा अफर’ नामको प्रबर्धनात्मक योजना ल्याएको छ ।

यही असार १७ देखि ११ दिनसम्म चल्ने योजनामा ग्राहकले आफूले पठाएको रकम दोब्बर बनाउने अबसर पाउने छन् । बिजेताको वालेटमा खल्तीले ग्राहकले पठाएजति नै रकम जम्मा गरिदिने छ । विजेता नबन्नेहरूले आफूले पठाएजति रकम असार ३१ भित्र वालेटमै फिर्ता पाउने छन् । योजना अबधिमा १० रूपैयाँदेखी ५०० रूपैयाँसम्म पठाउनेको मात्र नगद दोब्बर हुनेछ ।

योजनामा सहभागी हुनेले असार २७ सम्म आफ्नो ग्राहकको ब्यक्तिगत विवरण प्रभाणित गरिसक्नु पर्नेछ, प्रबर्धनात्मक योजनामा खल्ती को सबै प्रयोगकर्ता साथै एजेन्टहरू पनि सहभागी हुन सक्ने छन् । ११ दिनको अबधिमा रकम पठाउनेमध्ये ५० जना बिजेताको घोषणा असार २८ मा हुनेछ ।

विजेतालाइ ग्राहकहरूले पठाएको रकममा त्यती नै रकम (अधिकतम रु. ५०० मात्र) थपेर खल्तीले विजेताकै खातामा उपलब्ध गराउनेछ । बिजेता नबन्ने सबै सहभागीहरुको रकम खल्तीले असार ३१ भित्र उनीहरूको डिजिटल वालेटमै फिर्ता गरिदिनेछ । यस योजनामा खल्तीका प्रयोगकर्ता हरेकले जति पटक पनि सहभागिता जनाउन पाउनेछन् । खल्तीका प्रयोगकर्ताले एसएमएसमार्फत अफलाइन कारोबार पनि गर्न सक्ने छन् ।

‘हामीले नगदको सट्टा डिजिटलमाध्यमबाट कारोबार गर्न ग्राहकलाई प्रोत्साहन गर्न योजना ल्याएका हौं । सबै खल्ती प्रयोगकर्ताले योजनामा सहभागी भएर मौकाको फाइदा उठाउनुहोस् भन्ने आग्रह छ’, खल्तीका सहायक प्रबन्धक अनिल कार्कीले भने, ‘मोवाइलबाटै नगद कारोबार गर्न सकिने सजिलो, सुरक्षित र छिटो प्रविधिलाइ सरकारले समेत प्रोत्साहन गरिरहेको छ । डिजिटल नेपाल बनाउने सरकारको अबधारणालार्ई सहयोग गर्न पनि हामीले यस प्रकारको योजना सुरू गरेका हौं । खल्तीले आफ्नो नारा नै डिजिटल नेपाल, समृद्धिको महाअभियान बनाएको छ ।’

Advertisement

Advertisement

Advertisement