सिटिजन्स बैंकले सहयोगीलाई प्राप्ति गरी सुरु गर्यो एकीकृत कारोबार

Advertisement

काठमाडौँ । सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ ।

हिजो सिटिजन्स र सहयोगीका उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको कार्यक्रममा सिटिजन्स बैंकका सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको सुरुवात गरेका हुन् ।

सहयोगीलाई प्राप्ति पछि सिटिजन्स बैंकको कूल शाखा १०९ पुगेको छ । हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपियाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपियाँ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement