९.३५ अंकले बढ्यो नेप्से, १ अर्ब भन्दाबढीको कारोबार

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज नेप्से परिसूचक ९.३५ अंकले बढेको छ । शेयर बजार ०.७४ प्रतिशतले बढ्दा नेप्से परिसूचक १२६५.४५ अंकमा पुगेको छ ।

नेप्सेका अनुसार आज १७२ कम्पनीका २८ लाख ६ हजार ८ सय ९८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३ करोड ३३ लाख ९० हजार २ सय ३१ रुपियाँ बराबरको कारोबार भएको छ ।

आज ट्रेडिङ, विकास बैंक, जलविद्युत, वित्त र म्युचुअल फण्ड बाहेक अन्य समूहमा हरियाली छायो ।

Advertisement

Advertisement

Advertisement