नेप्से परिसूचक ३३.२७ अंकले बढ्यो, म्युचुअल फण्डबाहेक सबै समूहमा हरियाली

Advertisement

काठमाडौँ । साताको दोश्रो दिन आज नेप्से परिसूचक ३३.२७ अंकले बढेको छ । २.६३ प्रतिशतले बढ्दा परिसूचक १२९८.७३ अंकमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज १७६ कम्पनीको २७ लाख ३१ हजार ४ सय ९८ कित्ता शेयर किनबेच हुँदा ९२ करोड ७८ लाख ४१ हजार ३ सय २९ रुपियाँ बराबरको कारोबार भएको छ ।

बजार बढेको दिन आज म्युुचुअल फण्ड बाहेक सबै समूहमा हरियाली छाएको छ । बैंकिङ २१.२९, ट्रेडिङ १४.४७, होटल ७४.६७, विकास बैंक १४.१५, जलविद्युत १२.४७, वित्त २.५१, निर्जीवन जीवन बीमा २७४.४, उत्पादनमुलक ४५.२३, अन्य २९.६२, लघुवित्त ८४.११ र जीवन बीमा समूह २६६.४३ अंकले बढेका हुन् । म्युचुअल फण्ड भने ०.०६ प्रतिशतले घटेको छ ।

बजार बढेको दिन आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् भने राधी विद्युत कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.८९ प्रतिशतले गुमाएका छन् ।

Advertisement

Advertisement

Advertisement