सुनको मूल्य घट्यो, चाँदीको स्थिर, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Advertisement

काठमाडौँ । सुनको मूल्य आज घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ । आज सुन प्रतितोला २ सय रुपियाँ घटेर कारोबार भइरहेको छ भने चाँदी अघिल्लो दिनकै भाउमा किनबेच भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९१ हजार ७ सय ६० रुपियाँ र चाँदी प्रतितोला ९ सय ८० रुपियाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९१ हजार ९ सय ६५ रुपियाँ र चाँदी प्रतितोला ९ सय ८० रुपियाँमा कारोबार भएको थियो ।

बुधबार भने छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९१ हजार ६० रुपियाँ र चाँदी प्रतितोला ९ सय ५५ रुपियाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा हिजो भने सुन प्रतितोला ९ रुपियाँ बढेर कारोबार भएको थियो भने हिजो चाँदी पनि प्रतितोला ३५ रुपियाँ बढेर कारोबार भएको थियो ।

Advertisement

Advertisement

Advertisement