अब बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स, एक अर्ब ऋण लिने कम्पनीले आइपीओ जारी गर्नै पर्ने

Advertisement

काठमाडौं । बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिन बाटो खुलेको छ । संसदको अर्थ समितिले केहि सर्तहरु पालना गरेर बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिन बाटो खोलिदिएको हो ।

सांसद रामकुमारी झाक्री नेतृत्वको उप समितिले तयार पारेको प्रतिवेदनलाई पारित गर्दै समितिले ब्रोकर लाइसेन्स दिने बाटो खोलिदिएको हो ।

समितिले बैंक तथा वित्तिय संस्थाहरुबाट एक अर्ब रुपैयाँ भन्दा बढी ऋण लिएका सबै कम्पनीहरुले आइपीओ जारी गर्नै पर्ने निर्णय पनि गरेको छ ।

Advertisement

Advertisement

Advertisement