कोरोनाको कारण थप एक जनाको मृत्यु

Advertisement

काठमाडौँ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मृत्यु भएका एक जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंको गोकर्ण निवासी ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

असार २५ गते उपचारका क्रममा मृत्यु भएका उनको पीसीआर परीक्षणको रिपोर्ट भने शुक्रबार मात्रै आएको हो । अस्पतालका अनुसार संक्रमित ती व्यक्ति असार १९ गते अस्पताल भर्ना हुन आएको र परीक्षणका क्रममा निमोनिया र मृगौलाको समस्या देखिएको थियो ।

मृतकको शवलाई नेपाली सेनाले शनिबार बिहान व्यवस्थापन गरेको छ । उनीसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement