मयूर यातायातले उपत्यकामा बस चलाउन थाल्यो, यात्रा गर्न मास्क अनिवार्य

Advertisement

काठमाडौँ । लकडाउनका कारण ३ महिनाभन्दा बढी समयदेखि बन्द रहेको मयूर यातायातले आजबाट काठमाडौं उपत्यकामा गाडी सञ्चालन गर्न सुरु गरेको छ । सरकारले तोकेको मापदण्डअनुसार आजबाट ६ वटा गाडी सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए । गाडी सञ्चालन सुरु गरेपनि यात्रुको भने अभाव देखिएको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार कम्पनीले काठमाडौं–धुलिखेल–पनौती रुटमा दुई वटा र रिंगरोडमा ४ वटा बस चलाउन थालेको हो । केही दिनपछि थप गाडी पनि सञ्चालन गर्ने कम्पनीले जनाएको छ । कम्पनीसँथ ४४ वटा बस रहेका छन् । मयूरले सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरेको छ । बसमा यात्रा गर्न मास्क अनिवार्य गरिएको छ ।

सरकारले गत असार २६ गतेदेखि जिल्ला र काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी खुला गर्ने निर्णय गरेपनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघले विभिन्न माग राख्दै सवारी चलाएका थिएनन् ।

Advertisement

Advertisement

Advertisement