रुग्ण उद्योगका समस्या अध्ययन गर्न कार्यदल गठन, संयोजकमा पूर्व सचिव दीपक सुवेदी

Advertisement

काठमाडौँ । सरकारले निजी तथा सरकारी रुग्ण उद्योगका समस्या र सञ्चालन उपायबारे मोडालिटीसहितको अध्ययन प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ । 

मन्त्री परिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् अर्थ र सञ्चार मन्त्री युवराज खतिवडाले उक्त पूर्व सञ्चार सचिव दीपक सुवेदीको संयोजकत्वमा कार्यदल गठन गरिएको जानकारी दिए ।

Advertisement

उक्त कार्यदलको अन्य सदस्यमा पूर्व सहसचिव जीवराज कोईराला, नेपाल राष्ट्र बैंकबाट पूर्व कामु कार्यकारी निर्देशक डा. गोपाल भट्ट, लेखा परीक्षक कृष्णप्रसाद आचार्य,  भौतिक पूर्वाधार तथा वातावरण महाशाखा प्रमुख र औद्योगिक तथा लगानी प्रर्वधन महाशाखाका प्रमुख सदस्य सचिव तोकिएका छन् । 

कार्यदललाई बुझाव पेश गर्न तीन महिनाको अवधि दिइएको छ ।

Advertisement

Advertisement