नेप्सेमा यो साता ४ करोड ३१ लाख कित्ता शेयर सूचीकृत, बोनस शेयरमात्रै १ करोड ३५ लाख कित्ता

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा यो साता ५ कम्पनीका १ करोड ३५ लाख १६ हजार ४ सय ९९.७५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

नेप्सेका अनुसार गत आइतबार समिट लघुवित्त वित्तीय संस्थाको २ लाख ४३ हजार बोनस शेयर सूचिकृत भएको थियो भने बुधबार सोल्टी होटलको १ करोड ९ लाख ९० हजार ४ सय ३७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

Advertisement

त्यसैगरी विहीबार एकै दिन ३ कम्पनीको बोनस शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । एक्सेल डेभलपमेन्ट बैंकको ११ लाख ८४ हजार ४ सय ७२.५० कित्ता, ग्लोबल आईएमई लघुवित्तको ३ लाख ८६ हजार ६ सय १.२५ कित्ता र प्रभु इन्स्योरेन्स कम्पनीको ५ लाख ११ हजार ९ सय ८९ कित्ता सेयर सूचीकृत भएको हो । 

यता, विहीबार नै कुमारी बैंकको २ करोड ९६ लाख ५९ हजार १ सय ९०.२८ कित्ता शेयर सूचीकृत भएको छ । देवः विकास बैंकलाई प्राप्ती गर्दा प्राप्त हुन आएको उक्त शेयर नेप्सेमा सूचीकृत भएको हो । 
 

Advertisement

Advertisement