सल्लाघारीमा सेन्ट्रल फाईनान्सको एक्सटेन्सन काउन्टर र एटीएम सेवा

Advertisement

काठमाडौँ । सेन्ट्रल फाईनान्स लिमिटेडले भक्तपुरको सल्लाघारीमा एक्सटेन्सन काउण्टर तथा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । 

कुपण्डोल, ललितपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाको आफ्नै कर्पोरेट भवन निर्माणको अन्तिम चरणमा रहेको र छिटै आफ्नै भवनबाट वित्तीय कारोबार सञ्चालन गर्ने जनाएको छ । 

Advertisement

संस्थाको काठमाण्डौको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान गरी १० वटा शाखा सञ्चालनमा रहेको छ । 

शाखा सञ्जाल वृद्धि गर्दै वित्तीय सेवा तथा पहुंच बढाउने उद्देश्य अनुरुप धनुषाको जनकपुर र सर्लाहीको लालबन्दीमा थप शाखा र सिन्धुलीको डकाहामा एक्सटेन्सन काउण्टर खोल्ने प्रकृया अन्तिम चरणमा रहेको छ । 

उक्त वित्तीय संस्थाको चुक्ता पूँजी रु. ८२ करोड ३४ लाख, निक्षेप रु. ४ अर्ब ६४ करोड ३८ लाख र कर्जा लगानी रु. ३ अर्ब ५८ करोड ६४ लाख रहेको छ ।

Advertisement

Advertisement