विवादमा परेका लगानी बोर्डका सीईओ सुशील भट्टलाई काममा नलगाउन अदालतको आदेश

Advertisement

काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सुशील भट्टलाई काममा नलगाउन मंगलबार उच्च अदालत पाटनले आदेश दिएको छ । 

थुप्रै विवादमा पर्दै आएका भट्टको सीईओ हुन योग्यता नपुगेको भन्दै एक जना कानुन व्यवसायीले आइतबार रिट निवेदन दर्ता गरेका थिए । आज अदालतले सरकारका नाममा आदेश जारी गर्दै आइतबारसम्मका लागि उनलाई काममा नलगाउन आदेश दिएको हो । 

Advertisement

मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आगामी आइतबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । एक चिनियाँ कम्पनीको नेपाली एजेन्टको रुपमा समेत चिनिदै आएका भट्ट राजनीतिक विचौलियाको रुपमा समेत काम गर्दै आएकाले उनलाई सीईओ बनाउन नदिने आवाज उठेको थियो । तर, सत्तारुढ दलभित्रको सत्ता समिकरण मिलाउने क्रममा नेता वामदेव गौतमको सिफारिसमा प्रधानमन्त्री केपी ओलीले भट्टलाई सीईओ बनाउन राजी भएको समाचार आएका थिए । 

Advertisement

Advertisement